हरेक वर्ष केही न केही प्राकृतिक विपत्ति ले हामिलाई पिरोलिरहेको छ। यो वर्ष त झन कोरोनाले सारा विश्वलाई नै छोडेन,कोरोना सङ न हामी लड्न सकेको छौँ न लडेर जित्न नै तर जुवारी खेल्न भने नछोड्ने मानव जातीको स्वाभाव नै हो भनेर बुझ्नु पर्ला। तर जुवारी खेल्दा खेल्दा पनि हारिने रहेछ भनेर अझै बुझ्न चाहिँ हामिलाई कति दिन लाग्छ ?? कुन पुस्तक कुन विश्वविद्यालयमा पढ्नु पर्ने हो??
अब यस्ता प्रश्न आफुले आफैलाई गर्नु पर्ने अवस्था छ किनकी हरेक वर्ष हामी प्राकृतिक बिपत्तिको सिकार मा छौँ ।
जब वर्षा सुरु हुन्छ तब सबै त्रसित हुनु पर्ने अवस्था बितेका वर्ष जस्तै यथावत नै छ। हरेक वर्ष बाढीपहिरोले ले घरबार बिहिन भएका र मृत्यु हुनेको संख्या सरकार ले राख्छ तर अर्को वर्ष जोडिने गरेर। यो वर्ष पनि त्यस्तै भयो यति बेला सरकारलाई पोहोर कै क्षति के भयो भन्ने बारे बुझ्न दराजको खोपामा लाइट बाल्नु परेको छ।
आफू भने कति चोखो ??
सरकारी जग्गा नजिकैको आफ्नो जग्गाको लालपुर्जा कति मज्जा छ अब त एक हात दुई हात पर सार्दै गर्दा दुई वर्ष पछि एउटा सानदार घर बन्ने रहेछ। यस्तै यस्तै मानसिकताले हामी धनी बन्न दगुरेको प्रष्ट उदाहरण छन्। तर प्राकृतिक बिपत्तिको पछाडी कस्को के नै लाग्ने रहेछ र?? हरेक वर्ष असार,साउन भदौ यो महिना कति बेला कहाँ बाट बाढि उर्लिने हो थाहा छैन।
यस वर्ष पनि उस्तै संकट-कोरोना महामारी सङ जुध्दै गरेको हामिलाई गत ३ दिन देखि लगातार परेको पानीले तराईका अधिकांश भु-भाग डुबानमा परेको छ।कतिको घरबार बिते,केही दिन अघि मात्र सिन्धुपाल्चोकमा गएको पहिरो ले कतिको ज्यान लियो। मंगलबार मात्र धादिङमा एकै परिवारका ३ जनाले अल्पायु मै मृत्यु भोग्नु पर्यो,कति पुल बाटोघाटो अबरुद्ध छन्। यस्तै यस्तै घटना सुन्दा कान चिप्लो र मुटु सिरिङ्ग भइरहेको छ।
“बिपत्ति” खास दोषी को??
हिउँदमा हामिले मिचेको एक हात खोला किनारको जमिनले हाम्रो घर बगायो,हिउँदमा हामिले मिचेको एक हात जङ्गल छेउको जमिनले पहिरो ले पुर्यो। यहि होइन वास्तविकता?? यहि होइन यथार्थ ?? अनि दोषी को?? देशमा हाल तीन तहको सरकार छ प्रदेश सरकार मध्यस्थताको भुमिकामा चुप,केन्द्रिय सरकार बाघ,स्थानीय सरकार न पुर्वाधारको बिज्ञता न पर्यावरणको मतलब। अनि दोषी को??जङ्गल फाँडेर घरको अाँगनमा बाटो,खोला मिचेर प्राकृतिक शक्ति दोहन गरेर घर अगाडीको मन्दिरको गजुर फेरिन्छ तर मन्दिर भित्र पुजारीले ढुङ्गालाई सिंदुर दलेर दूध खनाउछ। दोषी कसलाई भन्ने??
निष्कर्षमा: हामिले प्राकृतिक बिपत्ति लाई जित्न नसकिने रहेछौं। हाम्रो जुवारी खेल्ने अाँट प्रकृतीले चाहेमा केही समयमै ठेगान लाउन सक्ने रहेछ। त्यसैले अब भौतिक विकास भन्दा चारित्रिक विकासमा जोड गरौं। पर्यावरणलाई जोगाउन सके मात्र मानव जोगिने रहेछ भन्ने गतिलो पाठ हो यो बिपत्ती।



