विश्वमा युवाको जनसंख्या सर्वाधिक रहेको छ । यसबाट विश्वले जनसाँङ्खिक लाभ (Population dividend) लिन सक्नुपर्छ । नेपालकै अवस्था हेर्नेहो भने युवाको जनसंख्या कूल जनसंख्याको ४०.३५ प्रतिशत रहेको छ । जनसंख्या तथा प्रतिनिधित्वको हिसाबले पनि युुवाको नेतृत्व हुनु सामाजिक न्यायको सिद्धान्तसँग मेल खाने देखिन्छ । विश्वमा पनि धेरै देशको नेतृत्व युवाहरुले गरेको देखिन्छ ।
युवाको नेतृत्व नै किन ?
– युवा जीवनको सबभन्दा गतिशिल र उर्जाशील उमेर समूह हो ।
– युवामा सपना(Vision) रहेको हुन्छ जसलाई पुरा गर्ने आँट र हिम्मत उसँग रहेको हुन्छ ।
– उ सूचना प्रविधिसँग जोडिएको हुन्छ जसले विश्वका नवीनतम् प्रविधि र अनुकरणीय अभ्यास आत्मसात गर्न सक्छ ।
– पुरानो पुस्तामा Change resist गर्ने प्रवृत्तिका कारण यथास्थितिबादी चिन्तन हावी हुन्छ तर युवामा परिवर्तनकारी सोच हुन्छ ।
– युवा गतिशिल (Dynamic) र लचकदार (Flexible) हुन्छ जसका कारण उत्पन्न परिस्थितिसँग जुध्न र आँफूलाई तत्काल समायोजन गर्न सक्छ ।
– राज्यले सबैभन्दा अपेक्षा गरेक वर्ग पनि युवा हो । राज्यले न त वृद्धवृद्धासँग अपेक्षा राख्छ न त बालबालिकासँग नै ।
– विश्वमा धेरै देशको नेतृत्व युवाले गरेको देखिन्छ । यसबाट हामीले पनि सिक्ने कि ?
– फिनलैण्डका प्रधानमन्त्री सान मारिन ३४ वर्षकी छन् । उनले आफ्नो मन्त्रिपरिषदमा थप तीनजना महिला मन्त्री (अर्थ गृह र शिक्षा मन्त्री) ३५ वर्ष भन्दा कम उमेरका नियुक्त गरेकी छन् । उनी हाल विश्वकै कम उमेरकी प्रधानमन्त्री हुन् ।
– फ्रान्सका राष्ट्रपति म्यानुअल म्याक्रोन ४२ वर्षका छन् ।
– क्यानडाका प्रधानमन्त्री ३९ वर्षका छन् ।
– न्युजीलैंण्डका प्रधानमन्त्री ३९ वर्षकी छन् ।
– उत्तर कोरियाका राष्ट्रपति ३५ वर्षका छन् ।
– एल साल्वाडोरका राष्ट्रपति ३८ वर्षका छन् ।
– हैटीका प्रधानमन्त्री ३९ वर्षका छन् ।
– कतारका राजा ३९ वर्षका छन् ।
– भुटानका राजा ३९ वर्षका छन् ।
– एण्डोराका प्रधानमन्त्री ४० वर्षका छन् ।
– कोष्टारिकाका राष्ट्रपति ३९ वर्षका छन् ।
– यक्रेनका प्रधानमन्त्री ३५ वर्षका छन् ।
– इष्टोनियाका प्रधानमन्त्री ३९ वर्षका छन् ।
– यमनका राजा ३८ वर्षका छन् ।
– अष्ट्रियाका चान्सलर ३३ वर्षका छन्
नेपालमा पनि संभावना बोकेका उर्जाशील भिजनरी र सिर्जनशील युवाको जमात ठूलो छ । बिडम्बना के छ भने प्राय: कुनै पनि दलमा उपल्लो र निर्णायक स्थानमा परिभाषित उमेर समूह (१६-४०) वर्षका युवाको उपस्थिति र भूमिका देखिदैन । अव सोंच्ने बेला भयो भन्ने जनमत बलियो बन्दै गएको प्रतीत हुन्छ । यसका लागि आवश्यक परेमा हस्तक्षेपकारी कदम चाल्नुपर्ने पनि हुनसक्छ किनकी विगतका प्रवृत्ति र परंपरालाई हेर्दा पुरानो पुस्ताले नयाँ पुस्तामा सहज रुपमा अवसर र भूमिका सहितको नेतृत्व हस्तान्तरण गर्ला जस्तो लाग्दैन । अत: नेपालले पनि नयाँ ढंगले सोचेर नयाँ पुस्ता (युवा) लाई विश्वास गरी नेतृत्व सुम्पेर क्रमभंगता गर्ने हो कि ? यसो भएमा मात्रै आधुनिक नेपाल तथा समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय संकल्प पुरा हुन सक्छ । यसका लागि उठौं युवा – जागौं युवा – आँफ्नो क्षमता र प्रतिभा देखाउँ युवा – मौका यहि हो । जय युवा ।
धुर्वराज पाैडेल -उपसचिव -राष्ट्रिय युवा परिषद्



