काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस (कोभिड १९) का कारण मुलुकमा बेरोजगारीको समस्या बढ्ने खतरा रहेको भन्दै यसलाई परास्त गर्न सबैको सहयोगको खाँचो रहेको बताएका छन् ।
शुक्रबार पार्टी निकट मानव अधिकार तथा सामाजिक अभियान नेपाल घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कोभिडका कारण उत्पन्न असहज परिस्थितिबाट मुलुकलाई मुक्त गर्न र प्रभावितहरुलाई रोजगारी सिर्जना गर्ने चुनौति र अवसर दुवै सिर्जना भएको भन्दै सामूहिक प्रयत्नमार्फत अघि बढ्न आवश्यक रहेको बताए । त्यसका लागि उनले सबैै राजनीतिक दल, सामाजिक संघ–संस्था, सरकार र नागरिहरुबीच राष्ट्रिय एकता हुन आवश्यक रहेको प्रचण्डको भनाई छ ।



