पछिल्लो २४ घण्टामा १ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३ सय २१ जना संक्रमणमुक्त भएका छन् ।
बुधबार ६ हजार ८ सय ७४ जनाको कोरोना परिक्षण गरिएको थियो । त्यसमध्ये ४ हजार ६ सय ७२ को पीसीआर र २ हजार २ सय दुई जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । यससँगै हालसम्म ११ हजार ९ सय ४१ जना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जानकारी दिएको छ ।
हाल मुलुकमा ७ हजार ८ सय ७० जना सक्रिय संक्रमित छन् । बुधबार ३५ हजार ७ सय ८८ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ ।



