हामीले दैनिक खाने खानामा दालको मात्रा धेरै हुन्छ। दाल स्वास्थ्यका लागि निकै नै फाइदाजनक छ। दालमा उच्च गुणस्तरको प्रोटिन,मिनरल्स र फाइबर हुन्छ। दालको सेवनले शरीरमा एलडीएलको मात्रा कम गर्छ। अर्थात् यसले शरीरमा रहेको खराब कोलेस्ट्रोललाई हटाएर मुटु रोगको जोखिम कम गर्छ ।
दाल स्वास्थ्यको लागि धेरै तरिकाले राम्रो छ । तर धेरै मात्रामा दालको सेवनले शरीरलाई हानि पुर्याउँछ। पेटको समस्या देखा पर्छ।
धेरै दाल सेवन गर्नुका बेफाइदा
-अत्याधिक दालको सेवनले मृगौलामा बढी असर गर्छ। धेरै दाल खाँदा मृगौलामा पत्थरी हुने सम्भावना हुन्छ। साथै यसले पेटको समस्या पनि निम्त्याउछ। खानामा दाल धेरै मात्रामा समावेश गर्नाले एसिडिटी बढ्छ र पेट फुलेको महसुस हुन्छ।
-धेरै मात्रामा दालको सेवनले शरीरबाट फोहोर र बिकार पदार्थ हट्दैन। जुन शरीरका लागि खतरनाक हुन सक्छ त्यसकारण दालको सेवन सकेसम्म कम गर्नुपर्छ।
-दालमा अधिक मात्रामा प्रोटिन हुन्छ । प्रोटिनयुक्त खानेकुराले तौल बढाउन मद्दत गर्छ । मोटोपनले धेरै समस्या निम्त्याउँछ ।
-यसका अलावा फलफूल धेरै खाँदा अपच, डिहाइड्रेसन , थकान, वाकवाकी, चिडचिडापन, टाउको दुखाइ र पखाला हुने सम्भावना हुन्छ।
-यदि कोहि हाडजोर्नीको समस्याबाट पिडित हुनुहुन्छ भने उनीहरुले धेरै दाल खानु हुँदैन।



