गत डिसेम्बरमा चिनको वुहानमा फेलापरेको कोभिड –१९का कारण विश्व आक्रान्त भइरेको छ । सुरूवाति तवरमा भाइरस फैलिने दर तिव्र गतिमा भएता पनि पछिल्लो समयको संक्रमितको दर केहि हदसम्म कमि आई रहेको WHo ले जनाएको छ । तर यसको नियन्त्रण कहिले हुन्छ भन्ने कुराको अनिश्चित् देखिन्छ । भाइरसको औषधि पत्ता लगाउन विश्वका कयौँ शक्ति राष्ट्रहरूले खोज अनुसन्धानमा निरन्तर लागि परिरहेका छन । यस्तो महामारी कहिले सम्म भन्ने ढुङगो नभएकोले अझ पनि आम मानिस त्रासमा बाँचिरहेका छन ।
डर र त्रास सँगै मानिस आफ्नो जिविन सामान्य जस्तो बनाएर आफ्नो काममा विस्तारै फर्किदै छन भने विश्वका शक्ति राष्ट्रहरू कोरोना भाइरसको औषधी पक्ता लगाउन रसाकसि गरिरहेका छन । केही राष्ट्रहरू आफुले तयार पारेको खोपको परिक्षण गर्ने अन्तिम तयारीमा छन ।
कोरोना भाइरसका कारण विश्वको शैक्षिक अवस्था अत्यन्तै खस्कीएको छ । अझ पनि पूर्ण रुपमा स्कुल कलेजहरू विश्वभर संचालन हुन सकेको छैन । शरिरिक रूपमा सहभागिता नभएता पनि अनलाइनको माध्ययमबाट भने स्कुल तथा कलेजहरूको पठन पाठनको काम विश्व शक्तिराष्ट्र , विकसित तथा कम विकसित देशहरूले गरिरहेका छन ।
वर्तमान समयमा नेपाललाई हेर्ने हो भने जब नेपाल सरकारले चैत्र ११ गते देखि पुर्ण रूपमा लकडाउन गर्याै त्यस पछि सम्पूर्ण व्यवसाय निजि तथा सरकारी कार्यालायहरू,उद्योग कलकारखाना, शिक्षण संस्था बन्द गरियो । जसका कारण सम्पुर्ण क्षेत्रका मानिसहरू मारमा छन । त्यस सँगै विशेष गरी शिक्षा क्षेत्र आजको दिन सम्म पनि अन्यौल पुर्ण स्थतिमा रहेको छ , भने देशको ९२ लाख विद्यार्थीहरू घर भित्र धुनिएर बसेकाछन र उनिहरूको भविश्य अन्यौल पुर्ण अवस्थामा रहेको छ ।
गत ६ महिना देखि निरन्तर रूपमा बन्द भएको सम्पूर्ण शिक्षालयले आज सम्म पनि बैकल्पिक योजना नबनाउनुले विद्यार्थीहरू अत्न्यतै चिन्तित देखिन्छन । अझ भन्नु पर्दा परिक्षा दिँदा दिर्दै स्थगित भएका विद्यार्थीहरू बाँकी परिक्षा कहिले हुने भनेर झनैै चिन्तित भएका छन । यस्तो अवस्थामा नेपाल सरकारले कुनै पनि रणनितिक तथा ढोस योजना बनाउन सकिरहेको छैन ।
”९८.६ प्रतिशत विद्यार्थी कोभिडको कारण्ले प्रभावित पारि रहँदा नेपालको वर्तमान समयमा सामुदायिक र निजी लगानीका कुल ३५ हजार ५५ वटा विद्यालयका ७२ लाख १४ हजार विद्यार्थीहरू र उच्च शिक्षा अन्तरगतविभिन्न ११ विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतका १ हजार ४२५कलेजमा अध्ययनरत ४ लाख ८६ हजार विद्यार्थीहरू घरमै आफ्नो भविष्यको बारेमा चिन्तित भएर बसेका छन ”
यसरी शिक्षा क्षेत्रमा पारेको प्रभाव तत्कालिन नभई दीर्घकालिन रुपमा असर पुग्ने छ । ९८.६ प्रतिशत विद्यार्थी कोभिडको कारण्ले प्रभावित पारि रहँदा नेपालको वर्तमान समयमा सामुदायिक र निजी लगानीका कुल ३५ हजार ५५ वटा विद्यालयका ७२ लाख १४ हजार विद्यार्थीहरू र उच्च शिक्षा अन्तरगत विभिन्न ११ विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतका १ हजार ४२५ कलेजमा अध्ययनरत ४ लाख ८६ हजार विद्यार्थीहरू घरमै आफ्नो भविष्यको बारेमा चिन्तित भएर बसेका छन । एस.इ.इ को तयारिमा रहेका ४ लाख ८२ हजार ७ सय विद्यार्थीहरू आन्तरिक मुल्याङकनको आधारमा सरकारले रिजल्ट निकालि सकेको छ भने, परिक्षा चल्दा चल्दै स्थगित भएको स्नातकोत्तर र वैशाख ८ र २१ संचालन हुने परिक्षको तयारीमा रहेकाल ९ लाख ६२ हजारको परिक्षा भने अझ सम्म पनि अत्यौनलमा छ यसको कारणले गर्दा विद्यार्थीमा परेको मानसिक असरको क्षतिपुर्ति कस्ले तिर्ने ?,
नियमिति रूपमा संञ्चालन भइरहेको र हुन लागेको परिक्षाको कोभिडका कारणले तत्काल स्थगित गर्याै तर त्यसको ६ महिना विति सक्दा पनि विश्वविद्यालयरूले कुनै पनि किसिमको योजना बाहिर सार्वजनिक गर्ने सकेको छैन आखिर किन ?, विदेशी विश्वविद्यालय सँग सम्बन्ध प्राप्त कलेजहरूले अनलाईनबाट परिक्षा लिएर नियमित पठन पाठनको कार्यलाई अगाडि बढाउन सक्ने तर सरकारको मातहतमा रहेका काठमाडौँ विश्वविद्यालय बाहेक अन्य सम्पुर्ण विश्वविद्यालयले चाँही किन बैकल्पिक प्रणाली अपनाउन नसक्ने ?, पक्षिा स्थगित भएका कारण लाखौ विद्यार्थीहरू अन्यौलपूर्ण अवस्थामा बसेका छन । र स्नातकोत्तर पुरा गरेर बजारमा रोजगारिका लागि जान तयार भएर बसेका हजारौँ विद्यार्थीहरू आज पर्ख र हेर भन्ने अवस्थामा बसिरहेका छन ।
” भनिन्छ हरेक समस्याले अवसर र चुनौति दुबईको जन्म गराउछ भने जस्तो यस्तो संकटको यस घडीमा नेपालको शैक्षिक प्रणालीलाई कोमामा पुग्न नदिन हेलचेक्र्याइ गर्नु हुन्न भन्ने गम्भीर सिकाई भएको छ ”
भनिन्छ हरेक समस्याले अवसर र चुनौति दुबईको जन्म गराउछ भने जस्तो यस्तो संकटको यस घडीमा नेपालको शैक्षिक प्रणालीलाई कोमामा पुग्न नदिन हेलचेक्र्याइ गर्नु हुन्न भन्ने गम्भीर सिकाई भएको छ र अब प्रविधि युत्त शिक्षाका लागि महत्त्वपूर्ण अवसर हामिले पाएका छौँ र हामि सँग भएको प्रविधिको उच्चतम सदुपयोग गरेर कोरोना बाट सिथिल भएको शिक्षा क्षेत्रलाई अगाडि बढाउन सक्दछौँ । त्यसैले शिक्षालय पुग्न जटिल रहेको यो भयावह अवस्थामा विद्यार्थीहरुलाई नियमित शैक्षिक गतिविधिहरुबाट टाढा हुन नदिन तत्काल उनीहरुसँग शैक्षिक सम्पर्क मजबुत गर्न श्रब्यरदृष्य ई सिकाई, डिस्टान्स लर्निङ र भर्चुअल क्लासरुम संचालन गरौं ।
यसो गर्नाले नेपालमा दुई किसिमको सिकाई प्रणालिको विकास हुने छ जसले गर्दा शिक्षा क्षेत्रमा वर्तमान समयमा देखिएको समस्या समाधान गर्न महत्त्वपूर्ण योगदान पुग्ने छ ।
यो चुनौतीले हाम्रो लागि सिर्जना गरेको उपयुक्त अवसरको समय पनि हो । स्कुलरकलेज खोल्न हतारो नगरी अनलाइन सिकाईतर्फ ध्यान दिऔँ। तत्काललाई यो अप्ठ्यारो समयमा नेपाल टेलिकम लगायत इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग समन्वय गरी विद्यार्थीहरुको लागि सस्तो दरमा विशेष प्याकेज को डाटा उपलब्ध गराउन सकिन्छ ।
त्यसैगरी इन्टरनेटको सहज पहुँच नपुग्ने स्थानहरुमा रेडियो, एफएम, राष्ट्रिय तथा स्थानीय मिडियाहरु मार्फत शिक्षा विशेष कार्यक्रम संचालन गरी विषय विज्ञहरुसँग विद्यार्थीहरुको नियमित अन्तरक्रिया गराई उनीहरु सँग शैक्षिक दूरी कम गर्ने प्रयत्न गर्न सकिन्छ । यस्ता प्रयत्नहरूले समग्र विद्यार्थी, अभिभावक र शिक्षकहरुप्रति एकातर्फ शिक्षाको तीव्र महत्त्व बोध जगाइरहन्छ भने अर्कोतर्फ विद्यार्थीहरुमा पाठ्य ज्ञानको पुनर्ताजगी समेत गराउन सकिन्छ र शिक्षा क्षेत्र सुधार उन्मुख भई विस्तारै अगाडि बढन सक्ने छ ।
विश्वका धेरै देशहरूले पनि यो कठिन समयमा आफ्ना विद्यार्थीहरुसँग शैक्षिक सम्पर्क कमजोर नहोस भन्नका लागी भर्चुअल क्लासरुम, अनलाइन क्लासमार्फत अध्ययन अध्यापन गराइरहेका छन्। किनकी विकसित चेत भएका प्रायः सबै देशहरूले जस्तोसुकै अप्ठ्यारोमा पनि शिक्षाको नियमिततालाई अत्यन्तै महत्त्व दिएको हुन्छ।
यसरि लामो समय सम्म शिक्षा क्षेत्र बन्द हुनाले शिक्षा क्षेत्रमा पर्ने नकारात्मक असर वा प्रभावले विद्यार्थीहरुको मात्रै भविष्य बिग्रदैन, यसले सिंगो समाज र राष्ट्रको समग्र संरचनालाई नै दीर्घकालसम्म चिमोटिरहेको हुन्छ। त्यसैले महामारिलाई देखाएर पहिले स्वास्थ्य अनि मात्रै शिक्षा बहानालाई हटार शिक्षालाई बैकल्पिक ढङ्गबाट अगाडि बढाउनु अबको अपरिहार्य देखिन्छ ।
(लेखक वर्तमान समयमा प्राज्ञिक विद्यार्थी परिषद्, नेपालका प्रदेश सचिव र इभिनिङ मिडिया ग्रुपमा कार्यरत हुनु हुन्छ । )



