नेपाली काङ्ग्रेस को १४ औ महाधिवेशन अन्तरगत हिजोभएको निजगढ नगरमा भएको अधिवेशनमा सभापति मा नबराज तिमल्सिना सहित उनको प्यानल नै बिजयी भएको छ । महाधिवेशन संगै हिजो नै भएको निर्वाचन मा उनका निकटतम प्रतिद्वन्द्वी महेशी कुमार लाई १४ मत अन्तरले पराजित गर्दै तिमल्सिना बिजयी भएका हुन्।उनले ९१ मत प्रप्त गर्दा प्रतिद्वन्द्वी ले ७७ मत मात्र प्राप्त गरे।त्यस्तै बिजयी हुने हरुमा उप सभापति द्वय ज्ञान बहादुर गोले तथा रामकृष्ण सिग्देल ,सचिव पदमा अम्वीर सिंतान तथा निकै चर्चामा रहेका युवा नेता उमेदवार हरु मध्य मा सबै भन्दा धेरै १०७ मत ल्याई मधु तिमल्सिना र सहसचिव पदमा बुद्धि मान साही तथा सोपिला गुरुङ लगायत प्यानल ले नै जित हासिल गरेको हो ।
को हुन सभापति पदमा बिजयी तिमल्सिना ?
नेपाली काङ्ग्रेस निजगढ नगर सभापतिमा निर्वाचित नेता नबराज तिमल्सिना २० बर्ष देखि लगातार पार्टी को बिभिन्न तह मा रहि पार्टि प्रति बफादार भई काम गर्दै आएका थिए ।बिगत का दिन हरु मा पार्टि को हरेक कार्यक्रम मा सहभागि हुदै आएका तिमल्सिना आज सम्म पार्टिले दिएको जिम्मेवारीमा कुनै पनि विवाद नगरी कहिले पनि अवसर को खोजी नगरी कसै माथि छलकपटको राजनिती नगरी पार्टी को तर्फ बाट दिएको जिम्मेवारी इमान्दारी पुर्वक निर्वाह गरी सफलता हासिल गर्दै आएका छन ।स्थानिय निर्वाचन मा उनलाई पार्टि ले चुनाब प्रचार प्रसार समिति को संयोजक को जिम्मेवारी दिएको थियो उनले आफ्नो जिम्मेवारी लाइ आफ्नो कर्तव्य सम्झेर लागी परे र सम्पुर्ण टिमलाइ परिचालन गरेर निर्बाचन जिताउन सफल भए ।
यसै गरि सामाजिक बिकास कार्य तर्फ पनि उनले निजगढ मा रहेका बिभिन्न काम हरु मा आफ्नो हैसियत ले हुने सहयोग गर्दै आएका छन्। उनले निजगढ नगरपालिका को लागि जग्गा दाता हरु खोजेर , आफुले समेत जग्गा दान गरेको थिए । उनले जीवन मा कहिले पनि काङ्ग्रेस भन्दा अरु सोचेको छैनन र सोच्दा पनि सोच्ने कसम खान्छन्। उनी भन्छन बिगतमा मेरो निष्ठा प्रति केहि पत्रकार मित्रहरु ले अनर्गल कुरा हरु लेखेका थिए त्यस बेला सारै दुख लागेको थियो । उनी सधै आफ्नो कर्म गरेर खानु पर्छ भन्ने मान्यता बोकेर हिड्छन। उनि १३ औ महाधिवेशन मा निजगढ नगर को सभापति को दौडमा पनि थिए तर उनले त्यो समय पार्टिका नेताहरुको आग्रह लाइ स्वीकार गरी पार्टि एकता लाइ ध्यान मा राखेर सभापति को मैदान खालि गरिदिएका थिए। उनीले हिजो सभापति भए पश्चात अब आफ्नो पार्टिका साथि हरु बिचको सम्बन्धलाई एकताबद्ध बनाउदै आगामी आउदै गरेको तिनै तहको निर्बाचन जित्न को लागि साथै आगामी दिनहरुमा पार्टी भित्रका सबै नेता कार्यकर्ता मिलाएर समग्र निजगढ नगर मा काङ्ग्रेस को बलियो उपस्थितिको लागि सदा सर्बदा आफ्नो बिबेक र क्षमता ले भ्याए सम्म मिलायर लैजाने अठोट गरेका छन् ।



