नेपाल जेसीजको २०२२ को नयाँ नेतृत्वका अध्यक्षमा बिकास मानन्धर सहित ५ जनाको उम्मेदवारी परेको छ ।
नेपाल जेसिजको वर्ष २०२२का लागि काभ्रे जेसीजका पूर्व अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका महासचिव जेसीआई सिनेटर विकास मानन्धर, त्रिभूवननगर जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका निवर्तमान कार्यकारीणी उपाध्यक्ष लालमणी भण्डारी, विराटनगर जेसीजका पूर्व अध्यक्ष तथा २०१९ का कार्यकारीणी उपाध्यक्ष श्यामसुन्दर पौडेल ९मिलन०, गैडाकोट जेसीजका पूर्व अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका कानुनी सल्लाहकार गोकुल सापकोटा, सौराह जेसीजका पूर्व अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष शिवप्रसाद भुषाल र गछिया जेसीजका पूर्व अध्यक्ष तथा २०१९ का कार्यकारीणी उपाध्यक्ष अमिस ढकालको उम्मेदवारी परेको हो ।
यसैगरी ४ जना कार्यकारीणी पदमा ९ जनाको उम्मेदवारी परेको छ । जसमा नेपाल जेसिजका पुर्व राष्ट्रिय उपाध्यक्ष पाटन लेडी जेसीजकी पूर्व अध्यक्ष सुर्मिता शर्मा,धरान जेसीजका निवर्तमान अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष दिपेन्द्र निरौला, कर्णाली जेसीजका संस्थापक अध्यक्ष अनिलबहादुर शाही, गीतानगर जेसीजका पूर्व अध्यक्ष अशोक कोइराला, तरहरा जेसीजका निवर्तमान अध्यक्ष तथा वर्तमान नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सुनिल तिम्सिना, मलङ्वा जेसीजका पूर्व अध्यक्ष अनवर हुसेन, काठमाडौ जेसीजकी पूर्व अध्यक्ष इनु थापा, बालकोट जेसीजकी पूर्व अध्यक्ष रमा प्याकुरेल र भलबारी जेसीजका पूर्व अध्यक्ष गोविन्द पंगेनीको उम्मेदवारी परेको छ ।
यसैगरी १२ जना उपाध्यक्षका लागि २२ जनाको उम्मेदवारी परेको छ । राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी दिनेहरुमा कृष्ण श्रेष्ठ ९शुक्लागण्डगी जेसीज०, नरेश ओझा ९ महेन्द्रनगर जेसीज०, कुमारसिंह सावाँ ९सताक्षीधाम जेसीज०, राम पाण्डे ९कोहोलपुर जेसीज०, नेत्र भट्टराई ९तुलसीपुरनगर जेसीज०, जीवन श्रेष्ठ ९ठिमी० जीवन कार्की ९रामेछाप जेसीज०, योगीराज अधिकारी ९चम्पापुर०, मुकेश सिंह ९विरगञ्ज जेसीज०, अभिशेक दुलाल ९सीतापाइला जेसीज०, हेमराज आचार्य ९रत्ननगर जेसीज०, सन्दिप अग्रहरी ९ रामग्राम जेसीज०, प्रदिप फुयाँल ९पथरी जेसीज०, रश्मि बस्नेत ९हेटौडा लेडी जेसीज० मनोजकुमार शाह ९जनकपुर जेसीज०, लक्ष्मीभक्त खनाल ९ब्यासनगर जेसीज, विपिन चौधरी ९ कलैया सिटी जेसीज०, प्रमोद पोखरेल ९गोदावरी०, राजीव प्रसाई ९धुलावारी जेसीज० अर्जुन भण्डारी ९सैनामैना० सुजित भण्डारी ९नुवाकोट जेसीज० र जयराम सुवेदी ९वस्तीपुर० रहनु भएको छ ।
जसिज स्रोतका अनुसार अध्यक्षमा र कार्यकारिणी उपाध्यक्षमा अन्तिम सम्ममा केहिले छोड्ने बताईएको छ । कार्यकारिणी उपाध्यक्षमा यश वर्ष ४ जनामा ९ जना उमेदवार परेपछि कसरी निरविरोध गर्ने भन्ने तर्फ लागि रहेको बुझिएको छ जसमा पुर्व अध्यक्षहरूका केही सकृय टोली कृयाशिल रहेको एक पदाधिकारीले बताए ।
पोखरामा पुस १ देखि ४ सम्म हुने नेपाल जेसीजको ४८ औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
पोखरामा हुने महाधिवेशनले १ अध्यक्ष, ४ कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्षको चयन गर्नेछ ।



