काठमाडौँ : काठमाडौं उपत्यकामा थप ३६४ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २५६ , ललितपुरका ७३ र भक्तपुरमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
यस्तै काठमाडौं उपत्यकामा ४८५७ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा २७०७, ललितपुरमा १२६५ र भक्तपुरमा ८८५ सक्रिय संक्रमित छन्।



