काठमाडौँ : नेपालमा थप ३९ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार बिहीबार ११ हजार ८७० जनाको पिसिआर र ६ हजार ५३८ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ ।
तीमध्ये ९ हजार ९९४ जनाको मृत्यु भएको छ भने ६ लाख ६३ हजार ६६३ जना संक्रमणमुक्त भएका छन् । यता, मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । २ हजार १२ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।



