काठमाडौँ : काठमाडौंं उपत्यकामा फेरि १० दिन निषेधाज्ञा थप भएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्राईले पुरानै नियम जारी राखेको जानकारी दिए । उनले भने, ‘‘मोडालिटी फेरबदल भएको छैन । बाहिरबाट आउने सवारी साधनको हकमा सिडिओसँग समन्वय गरेर आउन पाउने छन् ।”



