काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका युवाहरूले वरिष्ठ नेता माधव नेपालको घर घेर्ने तयारी गरेका छन्। नेता नेपालकै कारणले ओली नेतृत्वको सरकार बहिर्गमन भएको भन्दै ओली पक्षका युवाहरुले नेता नेपाल समूहको घर घेर्ने तयारी थालेका हुन्।
युवाहरूले नेता नेपालको घर घेर्ने तयारी भइरहेको सूचना पाए पछि सो क्षेत्रमा थप प्रहरी परिचालन गरिएको छ। युवाहरूले आजै निवर्तमान प्रधानमन्त्री के पी शर्मा ओलीलाई बालुवाटारबाट बालकोट पुर्याएका थिए। युवाहरूले नेता नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध चर्का नारा लगाएका थिए।
ओली समूहको युवाहरुले कोटेश्वरमा नेता नेपालको पुतलासमेत जलाएका थिए। बालुवाटार छाडेर बालकोट पुगेका ओलीले पार्टीमा नेता नेपाललाई कुनै ठाउँ नभएको बताएका थिए।



