काठमाडौँ : काठमाण्डौ उपत्यकामा शनिवार दिउँसाे ठूलो पानी परेको छ । काठमाण्डौमा गएको एक घण्टामै ५० मिलिमिटर भन्दा धेरै पानी परेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।
ठूलो पानीसँगै काठमाण्डौका विभिन्न खोलामा बाढी आएको छ । रुद्रमतीमा बाढी आउँदा अनामनगर क्षेत्रको सडक तथा छेउछाउका घरमा समेत पानी पसेको छ । यस्तै काठमाण्डाैकाे घट्टेकुलाे क्षेत्र पनि डुबानमा परेकाे छ ।
वाग्मती, मनोहरा, हनुमन्ते, गोदावरी लगायतका नदीमा पनि पानीको बहाव बढेको छ । कतिपय ठाउँको सडकमा पनि पानी जमेर आवतजावतमा समस्या भएको छ । काठमाण्डौमा आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले जानकारी दिनुभयो ।



