१४ असार, काठमाडौँ । जारी निषेधाज्ञाबारे काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ ।
पछिल्लो पटक थपेको निषेधाज्ञाको समय आज राति १२ बजेदेखि सकिँने भएकाले यस बारेमा थप निर्णय गर्न बैठक बस्न लागेको हो ।
सार्वजनिक यातायात सञ्चालनमा गर्ने विषयमा यस अघि पटक पटक छलफल भएको र तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले यस बारेमा थप छलफल गरेर आज निर्णय लिने बताइएको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जोर बिजोर गरेर सार्बजनिक यातायात संचालन गर्न सुझाव दिएको छ ।
उपत्यकामा संक्रमण तुलनात्मक रुपमा घट्न नसकेको भन्दै प्रमुख जिल्ला अधिकारीहरु भने सार्बजनिक यातायत खुलाउने पक्षमा अझै नरहेको बुझिएको छ ।



