काठमाडौं ,
रौतहट जिल्ला माधवनारायण नगरपालिका वडा नं.२ खेसरहीया स्थित श्री हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानि हत्या गरिएको घटनाको विश्व हिन्दू परिषद नेपालले भत्सर्ना गर्दै देशै भरिका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापनपत्र बुझाएका छन्।
घटनाको भोली पल्ट नै विश्व हिन्दू परिषद् नेपालको राष्ट्रिय समितिले प्रेस बिज्ञप्ति प्रकाशित गरी घटनाको निन्दा गर्दै दोषी उपर कड़ा करवाहीको माग गरेको थियो। त्यस्तै राष्ट्रिय समितिले राष्ट्रपति, प्रधानमन्त्री तथा गृहमन्त्री समेतलाई सोही दिन ईमेल मार्फत ज्ञापन पत्र बुझाएको थियो।
परिषदले घटनाको कडा निन्दा गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण र हत्यामा संलग्न अपराधीलाई यथासिघ्र कानुनी दायरामा ल्याई सार्वजनिक गरी कारबाहीको माग सहित मृतक सन्तलाई शहिद घोषणा गर्नु पर्ने भन्दै प्रमुख जिल्ला अधिकारीहरु मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।
साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकै बाट कन्चटमा गोली हानेकाेे स्थानीय बासिले बताएका थिए ।
मुलुकमा दिन प्रति दिन हिन्दू आस्था माथि खेलवाडको घटना बढ्दै गईरहेकाे , मठमन्दिर माथि आक्रमण, कहिले पूजापाठ हुने ठाउँमा गैर हिन्दूहरुको अनावश्यक चलखेल, सरकारी एवं गैर सरकारी निकायको मिलिमतोमा धर्म परिवर्तन र राजनीतिक दलका नेताहरुको हिन्दू बिरोधी अभिब्यक्ति सनातन धर्म माथि बारम्बार प्रहार हुनु आफैमा चिन्ताजनक रहेको विश्व हिन्दू परिषद् नेपाल लगायतका हिन्दूवादी संघ-संस्थाहरूले बताएका छन ।
विश्व हिन्दु परिषद्, काे ज्ञापन पत्र यसै न्युज सँग साभार गरिएको छ ।




