काठमाडौं ।
कोरोना भाइरस संक्रमणका कारण बिहीबार ५ जनाको मृत्यु भएको छ । बिहीबार सप्तरी, बारा, चितवन, काठमाडौं र रुपन्देहीमा १/१ जनाको मृत्यु भएको हो ।
सप्तरीका एक युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । धरानमा मंगलबार मृत्यु भएका सप्तरी राजविराज नगरपालिका( ४ का २८ वर्षीय युवकमा बुधबार राति कोरोना संक्रमण पुष्टि भएको हो
बारामा कलैया उपमहानगरपालिका–१० मटिअर्वाका ५९ वर्षीय पुरुषमा मृत्युपछि करोना संक्रमण पुष्टि भएको छ । बुधबार राति ११ बजेतिर श्वास प्रश्वासमा समस्या भएपछि उनलाई नारायणी अस्पताल पुर्या इएको थियो । अस्पतालमा पुर्या एलगत्तै उनको मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा बिहीबार उनमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।
काठमाडौं भीमसेनस्थानकी ६५ वर्षीया महिलाको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
चितवनको रत्ननगर नगरपालिका(१३ का ६५ वर्षका पुरूषको भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनदेखि उनी आईसीयूमा उपचाररत थिए । उनमा क्षयरोग, फोक्सोको समस्यालगायत दीर्घरोग रहेको भरतपुर अस्पतालले जनाएको छ ।
रुपन्देहीको देवदहमा नगरपालिका(३ शिशपुरका ७० वर्षीय पुरुषको बिहीबार दिउँसो उपचारका क्रममा मृत्यु भएको छ । नगरपालिकाका स्वास्थ्य संयोजक काशीनाथ बञ्जाडेका अनुसार बुधबार संक्रमण पुष्टि भएका ती व्यक्तिमा उच्च रक्तचाप, पक्षघात र मधुमेहको समस्या समेत रहेको थियो । उनको देवदह मेडिकल कलेजको भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको हो ।
योसँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा १२६ जना उल्लेख भए पनि बारा, चितवन र रुपन्देहीको मृत्यु त्यसमा समावेश छैन ।



