११ जेठ , मंगलवार । कोभिड–१९ नियन्त्रणका लागि काठमाडौं उपत्यकामा २० जेठसम्म निषेधाज्ञा थपिएको छ। अब निषेधाज्ञा थप कडा पारिने भएको छ।
मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।



