९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्रेस ब्रिफिङका क्रममा सो जानकारी गराएका हुन्। यस दिन १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
त्यस्तै यस अवधिमा ७ हजार ६६४ जना कोरोनाबाट निको भएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको दर ७६. ३ प्रतिशत रहेको उनले बताए। पछिल्लो २४ घण्टामा १९३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ।



