९ जेठ, आइतबार । सांसदहरूसहित शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव, दुर्गा पाैडेल लगायत नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमामा भेला भएका छन् ।
दलहरूले छुट्टाछुट्टै रूपमा हस्ताक्षर संकलन र नागरिकताकाे फाेटाेकपी संकलन गरेर संयुक्त रूपमा नयाँ बानेश्वरमा जम्मा भएका हुन् ।
राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै यसका विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने विपक्षी ५ दलको निर्णय वमोजिम सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन गरिएको हो ।



