७ जेष्ठ, काठमाडौँ । संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गत अर्को सरकार गठन प्रक्रियाको समयसीमा घर्किनै लाग्दा एमाले एकता समस्या समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित अर्थमन्त्रालयमा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट सहभागी कार्यदलका नेताहरु छलफलमा सहभागी भएका छन् ।
वरिष्ठ नेता नेपाल समूहका २७ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर राष्ट्रपति कार्यालयमा दावा प्रस्तुत गर्ने तयारी गरिरहेका बेला कार्यदलको बैठक सुरु हुनुलाई अर्थपूर्ण मानिएको छ ।
नेपाल पक्षका कार्यदलका एक सदस्यले आफ्नो समूहको पुरानो हस्ताक्षर प्रयोग गरेर विपक्षी गठबन्धनले दावा प्रस्तुत गरेको दाबी गरे ।



