काठमाडौं : पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट थप २१४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार थप २१४ जनाको कोरोना भाइरस संक्रणबाट मृत्यु भएको पुष्टि गरेको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ।
यस्तै पछिल्लो २४ घन्टामा ९ हजार २४७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। २१ हजार ६५६ पीसीआर र ४३४ एन्टिजेट विधिबाट स्वाब परीक्षण गराएकामध्ये ९ हजार २४७ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार हाल १लाख १३ हजार ४८० जना सक्रिय संक्रमित छन्। यस्तै ७०८ जना क्वारेन्टाइनमा रहेका छन्।



