२५ वैशाख २०७८, शनिवार । काठमाडौँ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेका बेला चीनले नेपाललाई सहयोगका लागि प्रतिवद्ध रहेको बताएको छ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ्ग वेनले शुक्रबार चाइना न्यूज सर्भिसलाई दिएको अन्तर्वार्तामा नेपालको अवस्थालाई लिएर आफूहरु सजग रहेको बताएका हुन्।
उनले चीन–नेपाल सम्बन्धमा तत्कालका लागि कोरोना भाइरसविरुद्धको प्रयास सबैभन्दा महत्वपूर्ण मुद्दा रहेको बताए।
हालै भएको भर्च्युअल बैठकमा सहयोगका लागि आवश्यक प्रयासबारे छलफल भएको बताउँदै बढ्दो महामारी नियन्त्रणका लागि अत्यावश्यक सामग्रीसहितको थप सहयोगका लागि चीन तयार रहेको उनले बताएका छन्।
खोपसहितका औषधिहरुको आपूर्तिबारे पनि छलफल भइरहेको उनले बताए।



