काठमाडौ, बैशाख ११ । शनिबार । सरकारले एक सातापछि लकडाउन गर्ने तयारी गरेको छ । जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने तयारीसँगै सरकारले लकडाउन गर्न लागेको हो । कोरोनाको दोस्रो लहर फैलिएको र यसले स्वास्थ्य जोखिम निम्त्याएको ठहर गर्दै सरकारले जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको हो ।
पहिलो एक हप्ता जनचेतना फैलाउने र जनस्वास्थ्यको आचारसंहिता कडाइका साथ लागु गर्न सार्वजनिक अपिल गर्ने त्यसपछिको अवस्था हेरेर लकडाउन गर्नु परे निर्णय लिन सक्ने कानुन मन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । मन्त्री श्रेष्ठका अनुसार बसमा यात्रा गर्ने यात्रुलाई जनस्वास्थ्यका मापदण्ड पालना गराउने जिम्मेवारी चालक र सहचालकको हुनेछ।
यस्तै विद्यालयको जिम्मेवारी प्रधानाध्यापक र विद्यालय सञ्चालक समितिका अध्यक्षको हुनेछ ।डान्सबार, सिनेमा हल लगायत भिडभाड हुने ठाउँमा गम्भीर सावधानी अपनाउन सरकारले अपिल गर्नेछ । सरकारले जारी गर्ने आचारसंहिता पालना नगरे चरणबद्ध कडाइ गर्ने सरकारको तयारी रहेको मन्त्री श्रेष्ठले बताए ।
उता लुम्बिनी प्रदेशको बाँके जिल्लामा मात्रै २४ घण्टामा ७ संक्रमितको मृत्यु भएको छ । बाँके जिल्ला जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र स्रोत व्यक्ति तेज वलीले दिनुभएको जानकारी अनुसार २४ घण्टामा बाँकेमा ७ जना संक्रमितको मृत्यु भएको हो ।



