काठमाडौं ,
सबैलाई थाहा भएको नै कुरा हो कि इसाईले हिन्दु सस्कार सभ्यताको विरोध गर्नको लागि किरात मूलको मानिसलाई हातमा लिएको छ । भन्ने कुरा त्यति मात्र नभएर हिन्दु समाजको बिरोध गर्न कै लागि इसाईले हिन्दु समाज भित्रको शिल्पी दलित समुदायलाई समेत टार्गेट गरेको अवस्था छ । बाईबलको प्रस्थान नामक पुस्तकको २२ अध्यायमा प्रस्ट लेखिएको छ कि यदि कुनै मानिसले अर्को देवताको पुजा गर्दछ वा त्यसलाई बली दिन्छ भने त्यसलाई मार्दिनु पर्दछ । त्यसको मठ मन्दिरलाई भत्काउनु पर्दछ भनेर अर्थात उनीहरू कुनै पनि हालतमा आफ्नो सम्प्रदाय बाहेक अर्को सम्प्रदायको अस्तित्वलाई स्विकार्दैनन । सम्मान गर्नु त परको कुरा भयो , इसाईको हिन्दु सगको मतभेद आजको होईन पृथ्वीनारायण शाह को पाला देखिको हो । जुन विषयलाई म यहा अहिले राख्न चाहन्न ।
आज केहि समुदायले किराती भनेको हिन्दु होईनन, उनीहरू बौद्ध, प्रकृति पुजक, बोन अनि मुन्धुम मान्ने समुदाय हुन् भनेर नि प्रचार प्रसार गरेको पाईन्छ । जुन कुरामा दुई मत छैन, यदि इसाई समाजको मुख्य दुश्मन हिन्दु हुन् भने किन इसाई समाजले किरात समाज भित्रका यी धर्मका अनुयायी माथी हस्तक्षेप गरि रहेको छ रु उनीहरूलाई धर्मान्तरण गराएर यी धर्मका तथ्यांक प्रतिशतलाई कम गराई रहेको छन् । यो सोच्ने बेला आएको छ ।
अब इसाई समुदायको मतभेद हिन्दु सँग होला तर बौद्ध समाजको मानिसलाई किन टार्गेट गरिदैछ र किन बौद्ध लाई इसाई बनाईदै छ । बौद्ध समाज ले सोच्ने बेला भएको छ । अब आउने जनगणनामा बौद्ध समाज लाई सिध्याएर उनीहरूको तथ्यांकलाई कम बनाई अन्यमा राख्न को लागि किन प्रयास गरिदैछ, यो बुझ्ने बेला भई सकेको छ ! अघिल्लो जनगणना अनुसार किरातहरू ३.०४%, बौद्ध ९.०४%, प्रकृति ०.४६%, बोन ०.०४%, जैन ०.०१%, बहाई ०.०१%, थिए । त्यो बेलामा नि इसाई संगठनले किरातलाई फुटाउन सफल भयो । किरातलाई फुटाएर त्यस भित्र बाट प्रकृति पुजक र बोनलाई अलग्यायो । बौद्धलाई फुटाएर त्यहा बाट बोन र प्रकृति पुजकलाई समेत अलग्यायो र सानो सानो संख्यामा विभाजित गराएर यसपाली धेरैलाई इसाई बनाउन सफल भयो । अब आएर यसपाली उनिहरूको टार्गेट ति नै अन्यमा रहेको समुदाय रहेका छन् । जुन संख्यात्मक दृष्टिले कम भएको समाज छ, त्यसलाई आफुमा मिसाएर आफु ठुलो हुने नै इसाईको प्रमुख लक्ष्य रहेको छ । त्यसैले पहिले ठुलो संख्यात्मक तथ्यांकमा रहेको समुदायलाई टुक्राएर सानो सानो भागमा अलग्याउने अनि सानो सानो कित्तामा अलग्गिएको समुदायलाई भ्रमित पारेर इसाई बनाउने निकै ठुलो षडयन्त्र शुरू भएको छ यो पटक ।
अघिल्लो जनगणनामा हिन्दु ८१.३४% रहेको थियो । त्यसलाई कम गर्नको लागि त्यहा भित्र नि फुटको बिउ हालिसकिएको छ । क्षेत्री भनेको हिन्दु होईनन, उनीहरू मस्टो धर्मका अनुयायी हुन् भनेर ठुलो आयाम नै संचालन भएको छ । सबैलाई थाहा भएकै कुरा हो कि मस्टो भनेको शीव कै एक रुप हो र यो कुल देवता अर्थात देवाली पुजनको एक प्रक्रिया मात्र हो । यो कुनै अलग धर्म होईन, हिन्दु धर्म भित्र कै एक पुजन पद्धती हो । देवाली पुजन प्रक्रिया सबै जात जातिमा रहेको छ। यसलाई अलग धर्म भनेर मान्न सकिदैन , केहि लोभीपापी क्षत्रीहरूलाई हातमा लिएर अहिलेको तथ्यांकमा क्षत्रीहरूले धर्मको स्थानमा मस्टो धर्म लेखौ भनेर आयाम नै चलाई रहेको छन् र जसलाई नेपालको विवादित किसिमको केन्द्रिय नेतृत्वले समेत समर्थन गरेको अवस्था छ । हुन त यो मस्टो धर्म खस क्षेत्रीको मुद्धा भएपनि सामाजिक संजालहरूमा यो आयामलाई प्रचार प्रसार भने इसाई एवं मंगोल भनेर स्वयंलाई भन्न रुचाउने समुदायले गरि रहेको देखिएको छ ।
अर्थात उनीहरूको योजना प्रस्ट छ कि सर्वप्रथम हिन्दुबाट मस्टोको नाममा एक समाजलाई छुट्याउने अनि त्यसपछि मस्टोमाथी प्रहार गरि अर्को जनगणना सम्ममा इसाई बनाउने, जसरी अहिले प्रकृति पुजक, बौद्ध, किराती लाई धर्मान्तरण गरिरहिएको छ । कुरा यतिमा मात्र सिमित भएन, त्यहा भित्र अर्को जाल फालियो । हामी खस हिन्दु होईनू भन्ने अभियान नै चलाईयो , यो चलाउने पनि प्रोजेक्टेड समुदाय नै थियो ! अर्थात केहि व्यक्तीले खसलाई खस धर्मु हो भनेर नि भन्न भ्याएको अवस्था छ । खसले आफ्नो धर्मको कोलममा हिन्दु नलेखेर खस धर्म लेखौ भनि अभियान समेत चलाईएको अवस्था छ । यदि हिन्दुबाट खसलाई नि अलग गर्न सक्यो भने हिन्दुको प्रतिशत घट्ने पक्का छ , हिन्दुको प्रतिशत घट्नु भनेको इसाईहरूको ठुलो सफलता हो । भिन्दै कुरा खस भनेर लेख्ने हरूलाई तथ्यांक विभाग ले अलग्गै धर्मको नाम नदेला तर उनीहरूलाई अन्य धर्म भित्र सुचिकृत गरेर अन्यको प्रतिशत बढाईनेछ , अन्यमा पर्नु भनेको बिस्तारै पहिचान हराउदै जानु हो ।
इसाईको मुख्य योजना भनेको नै पहिले हिन्दुलाई ब्रेक गर्नु अनि त्यसपछि त्यो टुक्रेको समाजलाई कि त अन्यमा वा कि त खस र मस्टोमा सुचिकृत गर्नु रहेको छ । यसो भयो भने बिस्तारै सानो संख्यामा विभाजित भएका उक्त समुदायलाई लोभ लालच दिई वा एक आपसमा लडाएर सिध्याएर इसाई बनाउन सकिने छ र त्यसो हुदा कुनै ठुलो समुदायले वास्ता पनि गर्दैन । किरात समाज टुक्रिएर प्रकृति, बोन बने जसरि नै हिन्दुलाई टुक्राएर मस्टो, खस जस्ता विभिन्न समुदाय धर्म मा विभाजन गर्ने ठुलो षडयन्त्र रचिएको छ । यदि यसो भयो भने जसरी यो पटकको गणनामा किरात, बौद्ध, प्रकृति र बोनको संख्या कम हुदैछ त्यसरीनै अर्को गणनामा खस र मस्टोलाई नि कम गर्न सकिने छ , वा तथ्यांक बाट नै यो समुदायलाई लोप गराउन सकिने छ । त्यसैले यो कुरालाई सबैले बुझ्न आवस्यक छ ।
कुनै समयमा इसाई भन्ने कुरा त यो देशमा थिएनन । तर आज उनीहरूले हामी ५० लाख मानिस इसाई छौ भनेर मौखिक रूपमा विभिन्न कार्यक्रम हरूमा दावी गरि रहेको छन् यद्यपी उक्त दावीको कुनै आधिकारिक श्रोत भने छैन , तर जे भए पनि एक कुरा प्रस्ट भएको छ कि इसाईले हाम्रो हिन्दु, बौद्ध, किरात, बोन र प्रकृति पुजक सभ्यता भित्रको ५० लाख मानिसलाई धर्मान्तरण गरेर सिध्याएछन ।
एकातिर स्वयंलाई मंगोल हौ भनेर भन्ने समुदायहरूले कुनै प्राचिन एवं अपुस्ट घटनालाई लिएर हिजोको दिनमा हिन्दुले हाम्रो समुदायका केहि मानिसलाई जबरजस्ती वा लोभ प्रलोभन देखाएर हिन्दु बनाए भनेर आरोप लगाई रहेको अवस्था छ भने अर्कोतिर इसाईले आफ्नै आखाको अगाडी ५० लाख मानिसलाई इसाई बनाउदा समेत उनीहरू मौन छन्रहेको अवस्था छ ।यदि इतिहासमा हिन्दुले कसैलाई धर्मान्तरण गराएको थियो भने त्यो गलत हो तर आज इसाईले पनि त यी ५० लाख मानिस लाई धर्मान्तरण गराएको छ भने यसलाई मौन रूपमा स्वीकारेर बस्न कसरी सकिन्छ रु इसाईले गराएको धर्मान्तरणको सामुन्नेमा त्यो प्राचिन घटनाले कुनै अर्थ राख्दैन , हिन्दु शासकले उ बेलामा चाडपर्व मान्नलाई उर्दी जारि गर्ने गरेको कुराहरू पान्थ्यो तर कुनै पनि अन्य धर्मावलम्बीको घर घर गएर, गीता वेद बाढेर, मानिसलाई पकडेर पानीमा चोबलेर, कपाल काटेर, टुप्पी राख्देर, जनै भिराएर धर्मान्तरण गराएको इतिहास कतै पनि पाईदैन । बरू एकै समाजमा बस्ने भएकोले देखासिकीको कारण वा बाहुन र किरात बिचमा मित साईनो लगाउने परम्पराको कारण त्यहा परसस्कृति ग्रहण भने अवस्य भएको थियो । तर त्यसलाई धर्म परिवर्तन गराएको नै हो भनेर भन्न सकिने आधार केहि पनि छैन । यदि धर्म परिवर्तन गराएको थियो भने आज धेरै राई, लिम्बु, गुरूंग, शेर्पा हरूपनि टुप्पी पाल्ने जनै लगाउने, भेटिन्थे होलान ! तर त्यस्तो केहि तथ्यांकहरू पाईदैन यहा, इतिहासमा कहिँ पनि किरातीहरू बाहुन हिन्दु बनेको थिएँनन तर वर्तमानमा किरातीहरू इसाई बनिसकेको अवस्था छ र आफ्नै कुल, सभ्यता, रितिरिवाज लाई त्यागेर आफ्नै समुदायलाई इसाई बनाउन दिनरात लागि परेको अवस्था छ ।
किरात समुदायले इतिहासको कुनै कालखण्डमा ब्अअगतिगचबतष्यल को प्रभावमा परेर केहि हिन्दु सस्कृति अपनायो होला, जसरी थारू सस्कृतिको माघीलाई क्षत्री बाहुनले अपनाएका छन्, तराई सस्कृतिको होलिलाई पहाडेले अपनाएका छन् त्यसरी नै देखासिकी गरेर एक अर्कोको प्रभाबमा परेर किरातीले हिन्दु सस्कृतिलाई नि अपनाए होलान अनि कयौ किराती मठ मन्दिर अनि परम्पराहरू लाई हिन्दुले अपनाए होलान, तर हिन्दु सस्कृति अपनाउदै गर्दा कुनै पनि किरातीले आफ्नो किरात सस्कृति, परम्परा, कुल, गोत्र, रितिरिवाजलाई त्यागेको भने पाईदैन र उनीहरूले आफुलाई हिन्दु नभनेर किराती नै भएको तथ्यहरू पाईन्छ । तर वर्तमानमा कुनै समुदायले इसाई सस्कृतिलाई अपनाउदा सम्पूर्ण किराती, बोन, बौद्ध, प्रकृति पुजन पद्धतीलाई नै त्यागेको अवस्था छ भने वास्तविक धर्मान्तरण कुन हो र वास्तविक अपराधि को हुन् रु अब सबैले सोच्ने बेला आएको छ त्यसैले भ्रममा नपरौ, आफ्नो धर्म, सस्कृति के हो त्यसको पहिचान गरेर यसपालिको जनगणनामा स्पस्ट सग आफ्नो पहिचानलाई अनुसूचित गरौ ।
यदि अन्ठसन्ठ रूपमा धर्मको कोलम मा विभिन्न धर्महरू उल्लेख गरियो भने तथ्यांक संकलन गरि सकेपछी प्राप्त तथ्यको आधारमा आन्तरिक बैठक बसिन्छ र नया आएका धर्म लाई अन्यमा सुचिकृत गरिन्छ । एक दुई पुस्ता सम्म त अन्य भित्र कुन कुन धर्म छ थाहा होला तर बिस्तारै अन्यमा पर्ने धर्म हरू के के रहेको छन् त्यो मानिस ले भुल्दै जान्छ र अन्य भित्रका जाति समुदायहरूलाई इसाईहरूले सिध्याउने प्रष्ट छ। आज को समयमा हेर्ने हो भने हामीलाई यो देशमा हिन्दु, बौद्ध, किरात, इसाई, शिख, बोन, प्रकृति पुजक, बहाई, मुस्लिम छन् भन्ने थाहा छ तर केहि मानिसको धर्म अन्य भित्र नि परेको छ र त्यो अन्य धर्म भित्र चै कुन कुन धर्म पर्छ भनेर सोध्यो भने अधिकाम्सलाई थाहा नै छैन । यस्तै अल्पमतमा परेको समुदाय नै इसाईको मुख्य टार्गेट रहेको छ । अहिले सम्म को जनगणनामा हेर्ने हो भने किरात घटेको होला, बौद्ध घटेको होला तर इसाई कहिल्यै घटेको छैन किनभने उनीहरूको योजना आफ्नोलाई बढाउने भन्दा पनि अर्कोलाई घटाउने हो, अर्को घट्यो भने आफ्नो स्वतस् बढ्छ । त्यसैले यो द्यचभबप बलम च्गभि सिद्धान्त बाट संचालित शक्तिको बारेमा सबैले बुझ्न आवस्यक छ ।
लेखक सामाजिक, धार्मिक एवं अनुसन्धान कर्ता हुनुहुन्छ यस लेखमा कुनै पनि विवादित विषयहरू आएमा लेखक आफै जिम्मेवार एवं जवाफदेही हुने छन ।



