हिन्दु धर्मावलम्बीहरूले मनाउने विशेष चार्ड जनै पुर्णिमा तथा रक्षा बन्धन अाज देशै भर विभिन्न मठ मन्दिर तथा गुरू पुरेतज्युहरूकाे हातबाट जनै र दिदिबहिनीहरूबाट राखि तथा डाेराे बन्धन बाँँधेर मनाउने चलन छ । रक्षा बन्धन तथा जनैपुर्णिमा पाैराणिक महत्त्व बाेकेकाे एक विशेष पर्व हाे । जनै बायाँ काँधबाट छड्के पारी दायाँहातमुनी खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै वा यज्ञोपवित भनिन्छ। खासगरी हिन्दूका सोह्र संस्कार मध्ये एक उपनयन वा [[ब्रतवन्ध]] गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ।
जनै लगाउँदा निम्न मन्त्र पढ्दै लगान्छ,
यज्ञोपवितं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात ।
आयुष्यमग्य्रं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेज।।
पुरानो जनै त्याग गर्ने मन्त्र
एतावद्दिनपर्यन्तं ब्रहत्वं धारितं मया ।
जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथासुखम् ।।
पुरानो जनै त्याग्ने निर्णय
सूतके मृतके चैव गते मासचतुष्टये ।
नवयज्ञोपवीतानि धृत्वा जीर्णनि संत्यजेत् ।।
यज्ञोपवीत (जनै) आर्य संस्कृतिको चिन्ह हो,
यो विद्याको चिन्ह र यज्ञको वेशभूषा हो ।
शिक्षा ग्रहण गर्नुपुर्व यज्ञोपवीत धारण गरी
मर्यादित शिक्षा ग्रहणको शुभारम्भ गर्ने चलन थियो ।
सिधा भन्दा स्कुल भर्ना गर्न योग्य
मर्यादा पुरूषोत्तम श्रीराम, योगिराज श्रीकृष्ण,
कैलाशपति शिव, चतुर्मुख ब्रहृमाजी, महाराजा जनक,
माता पार्वती, वाचक्नवी गार्गी, सीता, माता दुर्गा,
माता रूक्मिणी, माता सरस्वती, देवी कुन्ति,
सतिसाध्वी द्रौपदी त्यसैगरि लंकापति राक्षस रावण
आदि सबै हामिले मान्ने भगवान तथा नरनारीहरूले
जनै धारण गर्दथे ।
जब देवदेवी देखी लिएर लोकको नरनारी सम्मले
जनै लगाउने प्रचलन थियो भने
स्त्रीले जनै धारण गर्नु हुन्न भन्नु सरासर गलत हो ।
जनै ब्रहृमचर्य, गृहस्थ र वानप्रस्थ
तीन आश्रममा रहँदामात्र धारण गरिन्छ ।
चतुर्थ आश्रम सन्यास आश्रममा पुगेपछि
यसलाई उतारेर विसर्जन गरिन्छ ।
भगवान गौतम बुद्दले समेत सन्यास ग्रहण गर्नु पुर्व
शिखा (टुप्पी) र जनै त्याग गरेको शास्त्रीय प्रमाण छन ।
जनैका तीन दण्ड (डोरा, सूत्र) ले
मन, बचन र कर्मको एकताको शिक्षा दिन्छन् ।
जे मनमा छ त्यही वचनमा हुनुपर्छ र
सोही अनुसार कर्ममा पनि उतार्नुपर्दछ ।
जब मन, वचन र कर्म एक हुन जान्छन्
मनुष्य महात्मा बन्दछ, अन्यथा त्यो झोले वा दुरात्मा बन्दछ ।
जनैका पवित्र तन्तुमा नौ देवहरू अवस्थित रहन्छन् ।
जस्तैः
ओङ्कारः प्रथमे तन्तौ द्वितीयेग्निस्तथैवच ।
तृतीये नागदैवत्यं चतुर्थे सोमदेवता ।।
पञ्चमे पितृदैवत्यं, षष्ठे चैव प्रजापतिः ।
सप्तमे मरूतश्चैव अष्टमे सूर्य एवं च ।।
सर्वे देवास्तु नवमे इत्येतास्तन्तु देवताः ।।

पहिलोमा ओंकार, दोश्रोमा अग्नि, तेश्रोमा अनन्त,
चौथोमा चन्द्रमा, पाचौंमा पितृगण, छैटौंमा प्रजापति,
सातौंमा वायु, आठौमा सूर्य र नवौ सूत्रमा
सबै देवता प्रतिष्ठित छन् ।
जनै धारण गर्ने व्यक्तिले जनैका सूत्रहरूमा स्थीत
नौ देवहरू संग सम्वन्धित रहेका
निम्न लिखित गुणहरूलाई आफू भित्र धारण गर्नुपर्दछः
ओंकार – एकत्वको प्रकाश, ब्रहृमज्ञान ।
अग्नि –तेज, प्रकाश, पापदहन ।
अनन्त –अपार धैर्य र स्थीरता ।
चन्द्रमा –मधुरता, शीतलता र सर्व प्रियता ।
पितृगण –आशिर्वाद, दान र स्नेह ।
प्रजापति –प्रजापालन, प्रेम र सौहार्द ।
वायु –पवित्रता, बलशालिता र धारण शक्ति
सूर्य –गुण ग्रहण, नियमितता, प्रकाश
अन्धकारनाश र मल शोषण ।
सर्वे देवता –दिव्य र सात्विक जीवन ।
सन्ताेष अार्चाय
समालोचक



