सम्पादकीय
जब जब देशको राज्य सत्ता संचालन गर्ने नेतृत्व पंक्तिमा नैतिकता , अनुसार, असल चरित्र, शिष्टता र व्यबहारिक कुसलता हराउदै जान्छ तब तब देश विनाश र असभ्यता तर्फ अगाडि बढदै जान्छ , भ्रष्टाचार मौलाउदै जान्छ , धनि झन धनि बन्दै जान्छन गरिब झन गरिब बन्दै जान्छन । देशको युवा शत्तिले आफ्नो भविष्य स्वदेश भन्दा विदेशमा देख्न बाध्य हुन्छन्, युवा शत्ति पलायन दर बढदै जान्छन । समाजमा धनि र गरिबलाई हेर्ने दृष्टिकोण परिवर्तन हुदै जान्छन यहि अवस्था आजको वर्तमान समयमा सृर्जना हुदै छ । विश्व नै महामारी सँग जुधिरहेको समयमा नेपाल पनि यसबाट अछुतो छैन । नेपालले पनि यसको न्युनिकरण, सुरक्षा व्यवस्थापन मा निरन्तर लागि परिरहेको छ तर यस पछिको समय परिस्थिति यसले मानिसको सामान्य जनजिवनमा पारेको प्रभाव यसले निमत्याएको असरको बारेमा सरकार र नेतृत्वकर्ताहरू मौन छन । झन यसको मौका छोपेर लुट तन्त्र , भ्रष्टाचार, कमाउने धन्दामा बढि लिप्त भएको अनुभुति आमा जनताले गरिरहेका छन ।
आजको समयमा राज्य र नेतृत्व पंत्ति भनेको समाजका नागरिकको अभिभावक हुन र आफ्नो परिवारको सदस्यहरूको दुख पिडा, कष्टलाई मध्यनजर गर्दै समाधानको बाटो तर्फ अगाडि बढनु पर्ने हो, तर विडम्बनापूर्ण भन्नु पर्छ देशको नेतृत्व कर्ताहरू आज कसले कति कमाउने कसले कुन बैंकमा कति जम्मा गर्ने ? कसलाई कहाँँ नियुक्ति गर्ने ? भन्ने कुरामा आन्नद लिएर बसेका छन । साथै कोरोना उपचारको नाममा जनताले भोट हालेर पठाएको मेयर, संसद, तथा सरकारका उच्च तहमा बसेका कर्मचारी , मन्त्रीका सल्लाहकारहरू होटल सोल्टि र याक्यानयति, हायात जस्ता पाँचतारे होटलको आइसुलेसनमा बसेर उपचार गराई रहेका छन । अब यो जस्तो लुट , भ्रष्टाचार र राज्यको ढुकुटीको चरम दुरुपयोग अरू के हुन सक्छ ? ।
एकता तिर राष्ट्र सेवकको अवस्था यस्तो छ भने अर्को तिर लाखौं विद्यार्थीको शिक्षा केन्द्र विगत ७ महिना देखि स्कुल, कलेजहरू बन्द छन, होटल व्यवसाय थप्प छन, पर्यटन क्षेत्रको हालत त्यस्तै छन । यिनिहरूलाई कुनै राहत दिने , सौलियतपुर्ण कर्जा उपलब्ध गराउने, व्यजदरमा सहजिकरण गर्ने कुनै पनि काम हुन सकेको छैन , यस विषयमा नत सरकारले ध्यान दिएको छ नत कुनै नेता वा संसदले नै आवाज उठाएका छन । अझ अर्को तर्फ शिक्षा क्षेत्रको अवस्था कलेज र स्कुलको अवस्था , शिक्षकको अवस्था , विद्यार्थीहरूको अवस्था नाजुक छ यि सम्पुर्ण क्षेत्रलाई उचित राहत व्यवस्थापन गर्न राज्यले सकेन भने यसले समाजमा ठुलो समस्या निमत्याउने छ । यसलाई समाधान गर्न सरकार र नेतृत्व कर्ताहरू किन मौन छन ? किन समाजमो अभिभावकको रूपमा काम गर्ने नेता आफ्नो कर्तव्य विहिन भएका छन ? समाजसेवा गर्छु भनेर चुनाव जितेका नेताहरू किन आफ्नो पेटको सेवा मात्र गरिरहेका छन ? के अर्काे पटक चुनाब लडनु पर्दैन ? जनता सामु भोटको लागि फेरि जानु पर्दैन ? , यति नेतृत्व कर्ता र राजनीति दलले समयमै आफ्नो कार्य शैलि र व्यवहार सुर्धान सकेनन् भने अर्काे निर्वाचनमा ठुलो दुर्घटना भोग्नु पर्ने अवस्था आउन सक्छ त्यसकारण समयमै सुर्धने र आफ्नो कार्यशैलीमा परिवर्तन गरेर जनता सामु पुगि जनताको वेथा बुझनु आवश्यक छ ।



