पश्चिम बंगालको जलपाईगुडी जिल्लामा गुवाहाटी बिकानेर एक्सप्रेस ट्रेन दुर्घटनामा ९ जनाको मृत्यु भएको छ। यो दुर्घटना बुधबार राति भएको हो जब रेलको १२ डब्बा पटरीबाट बाहिरिएको थियो।
केन्द्रीय मन्त्री जोन बालराले समाचार एजेन्सी एएनआईलाई बताए अनुसार रेल दुर्घटनामा ९ जनाको मृत्यु भएको भने ३६ जना घाइते भएका छन्। घाइतेलाई अलग-अलग अस्पतालमा भर्ना गरिएको छ।
रेलवेका अनुसार बिहीबार साँझ पाँच बजे यो दुर्घटना भएको हो। दुर्घटनाबारे जाँच गर्न आदेश दिइएको जनाइएको छ।



