काठमाडौं : सोमबार काठमाडौं उपत्यकामा ४३३ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभर २३७० संक्रमित थपिँदा ४३३ जना उपत्यकामा थपिएका हुन्।
आज उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौं जिल्लामा २८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० छन्।
यसैगरी काठमाडौं उपत्यकामा ७६९० सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५४१८, भक्तपुरमा ९५३ र ललितपुरमा १३१९ छन्।



