काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार टेलिफोन वार्ता भएको थियोे । अाेलिले टेलिफाेन मार्फत प्रधानमन्त्रि माेदिलाई भारतीय स्वतन्त्रता दिवसको शुभकामना दिनुभएकाे थियौ ।
भारतले अतिक्रमण गरेका कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि पहिलोपटक ओली र मोदीबीच वार्ता भएको हो । यसअघि कोभिड रोकथामका विषयमा मोदीले गरेको भिडियो छलफलमा ओली सहभागी भएका थिए ।
प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले टेलिफोनमा शुभकामना प्रदान गर्नुका साथै प्रधानमन्त्री ओलीले अन्य दुईपक्षीय विषयमा पनि कुराकानी गरेको वताउनु भएको थियौ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन संवाद भएको बताउँदै थप जानकारी दिनका लागि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्ने कुरा फेसबुक मार्फत जानकारी दिनु भएको थियौ ।



