काठमाडौं । कोरोना संक्रमण र मृत्यु दर बढ्दै जाँदा देशभर निषेधाज्ञानको दायरा पनि बढ्दै गएको छ । जस अनुसार आजदेखि थप सात वटा जिल्लामा निषेधाज्ञा थपिएको छ ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि भन्दै आजदेखि नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा सुरु भएको गृह मन्त्रालयले जनाएको छ । यी जिल्लाहरुमा अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ । योसंगै अहिलेसम्म देशभरका ४५ वटा जिल्लामा निषेधाज्ञा घोषणा भइसकेको छ ।
निषेधाज्ञा घोषणा भएका जिल्लामध्ये दार्चुला, मोरङ, काभ्रे, मकवानपुर, कालीकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा सङ्क्रमण बढेको भन्दै निषेधाज्ञा लगाइएको छ भने झापा र सुनसरीमा सवारी सञ्चालनमा जोरबिजोर प्रणाली लागू भएको छ । बाजुरा र महोत्तरीमा बुधबारदेखि निषेधाज्ञा सुरु हुने भएको छ ।
हेर्नुहोस निषेधाज्ञा भएका जिल्लाहरुको सूची



