धादिङ,
प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल बाग्मती प्रदेशको माघ २३ र २४ गते दोस्रो प्रदेश अधिवेशन धादिङ जिल्लाको नीलकण्ठमा नगरमा सम्पन्न भएको छ ।
नेपाल संस्कृत विश्वविद्यालयका अनुसन्धान निद्रेेशक प्रा . डा काशीनाथ न्यौपानेज्युको प्रमुख आतिथ्यमा उद्घाटन भएको उक्त प्रदेश अधिवेशनमा विशिष्ट अतिथिको रूपमा अखिल भारतीय विद्यार्थी परिषद्की राष्ट्रिय महामन्त्री निधि त्रिपाठी, निलकण्ठ नगरपालिकाका मेयर भीम ढुङगाना, विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, सह संगठन सचिव रमेश कण्डेल राष्ट्रिय सचिव छितराज न्यौपाने , राष्ट्रिय सचिव प्रकाश शर्मा,बाग्मती प्रदेश सचिव कृष्ण प्रसाद हुमागाई लागायत त्यस क्षेत्रका सामाजिक , आध्यात्मिक र व्यवसायीक व्यत्तिहरूको विशेष उपस्थिति रहेको थियोे ।
विद्यार्थी परिषद्ले यस्तो विषम परिस्थिति र राजनीतिक दलको आमहडतालका बावजुत पनि बाग्मती प्रदेशको १३ वटै जिल्लाबाट त्यस क्षेत्रका प्रमुख कार्यकर्ताहरूको उपस्थिति गराई दुई दिने प्रदेश अधिवेशन सम्पन्न गरेको छ ।
दुई दिन सम्म चलेको प्रदेश अधिवेशनमा परिषद्ले अलग अलग सत्रहरू, प्रशस्ताबना भाषण तथा सचिव प्रतिवेदन, उद्घाटन सत्र, बैचिक प्रशिक्षण, परिषद्को कार्य पद्धति लगायत अलग अलग विषयमा चर्चा , समसामयिक प्रस्ताब पारित, लागायत १० वटा भन्दा बढि सत्रहरू संचालन भएको थियो ।
त्यसैगरि परिषद्को दोस्रो अधिवेशनमा बागमती प्रदेश सचिव र अध्यक्षको निर्वाचन गरी प्रदेश अध्यक्षमा त्रिभुवन विश्वविद्यालय विज्ञान संकायका सह प्राध्यापक डा. दयाराम भुषाल र प्रदेश सचिवमा चितवन जिल्ला संयोजक रमेश राज भण्डारीलाई निर्बाचित गरेको थियोे भने उत्त अधिवेशनबाट आगामि दुई बर्षका लागि २५ सदस्यीय नयाँ कार्यकारिणी समिति नियुक्त पनि गरिएको थियोे ।
प्रदेश अधिवेशनबाट परिषद्को बाग्मति प्रदेशको उपाध्यक्षमा ललितपुरका जिल्लाका पविता लिम्बु, शरद चन्द काफ्ले र प्रदेश सह–सचिवहरूमा ज्योति कण्डेल, देबराज रिजाल, प्रतिक्षा गिरी छात्रा प्रमुखमा शुभद्र न्यौपाने, सह–छात्रा प्रमुखमा सविता अर्याल, व्यवस्था प्रमुखमा विरबहादुर खडका, मिडिया प्रमुखमा तुलसीराम ओलि लगायत २५ सदस्यीय कार्यसमितिको दायित्व नव निर्वाचित अध्यक्ष डा.दयाराम भुषलज्यूले घोषणा गर्नु भएको थियो ।
अधिवेशनमा प्रदेश भरबाट आएका विद्यार्थीहरूले दिएको सुझाबलाई संकलन गरि एक समसामयिक प्रस्ताब समेत पारित गरिएको थियोे । विद्यार्थी परिषद्को प्रदेश अधिवेशन नेतृत्व चयन गर्ने भन्दा पनि विद्यार्थीहरूलाई बैचारिक रूपमा र मानसिक रूपमा सक्षम , सशत्त बनाउने र एक असल क्षमतावान व्यत्ति निर्माण गर्ने उदेश्यमा केन्दीत भएको परिषद्का राष्ट्रिय सचिव छितराज न्यौपाने जिले बताउनु भएको छ ।
परिषद्को अधिवेशनमा बागमती प्रदेशका १० जिल्लाका १०४ विद्यार्थी प्रतिनिधि र अन्य अतिथिहरू २९ गरी १३३ जना संख्या उपस्थिति रहेको थियो ।



